गत ९ अक्टोबर २०२१ का दिन किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति धनकुटाको आठौ जिल्ला अधिवेशन सफलता पुर्वक सम्पन्न भएको छ ।

लामो समयको सहमती प्रयास पछि आदिबासी सहमतिय पद्धति अनुसार कमल सिं तिगेला खेवाहाङ् (खेवा) को अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिती गठन भएको छ ।

समितिको उपाध्यक्ष सकुन्तला आङ्देम्बे लिम्बु, सचिव हेमु स्मृती चोङ्बाङ लिम्वु, सह सचिव भक्त बहादुर चोङ्बाङ लिम्बु, कोषाध्यक्ष मङ्गल सिङ मादेम्बा लिम्बु, सदस्यहरु क्रमशः टङ्क ब तुम्बाहाङ लिम्बू, केवल ब तुम्बाहाङ्भे लिम्बू, लाखध्वज तुम्बहाङ् लिम्बु, दौलतमान माङ्याक लिम्बू, शिवकुमार तिगेला लिम्बू, चन्द्र लिम्बू, प्रकाश लिम्बु, कबिर चेम्जोङ लिम्बू, दिवा चेम्जङ, उत्तर कुमार चेम्जोङ, राम कुमार चेम्जोङ, सदस्यः भक्त मादेन लिम्बू चयन भएका छन ।