लण्डन, गत ११ अक्टोबर २०२१ का दिन नेपाली घरेलु कोदोको रक्सीको युकेमा उद्घाटन भएको छ ।

युवा ब्यवसायीहरुले उत्पादन शुरु गरेको पियुर कोदोको रक्सीको एनआरएन युकेका अध्यक्ष प्रेम गाह मगरले रिबन काटेर रक्सीको बोटलहरुको अनावरण गरे ।

ठूलो बोटल (७०० एमएल) को रक्सीमा ४० प्रतिशत अल्कोहल र सानो बोटल (२०० एमएल) मा रहेको रक्सीमा अल्कोहल ६० प्रतिशत रहेको र ठूलो बोटललाई २६ पाउण्ड र १३ पाउण्ड मूल्य रहेको छ । यि उत्पादित रक्सी अनलाइनमा किन्न पाइन्छ ।