संगठन निर्माण र निर्वाचनको तयारीलाई तिव्र पार्दै जसपा, उम्मेदवारको मापदण्ड तय

जनता समाजवादी पार्टी, नेपालले आसन्न संघीय र प्रदेश निर्वाचनका उम्मेदवारहरुको योग्यता सम्वन्धी मापदण्ड तय गरेको छ । पार्टीको भाद्र १, २ र ३ गते ललितपुरमा सम्पन्न राजनीतिक समितिको बैठकले उम्मेदवारका लागि मापदण्ड बनाएको हो ।

पार्टीले तय गरेका ७ वटा मापदण्डमा पार्टीको विचार निती, सिद्धान्त र कार्यक्रमलाई आत्मसाथ गर्ने, पार्टीको समितिमा संगठित र सकृय रहेको, पार्टी र सामाजिक जनकार्यमा समर्पित हुने, स्वच्छ सामाजिक छवी तथा नैतिकवान भएको, निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको, सम्वन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिति बुझेको, सुशासनको प्रत्याभुत गर्नसक्ने रहेका छन् ।
त्यसै गरी केही महत्वपूर्ण विभाग र संयन्त्रहरु समेत गठन गरेको र संगठन निर्माणको काम र निर्वाचनको तयारीलाई तिव्र पारिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताएका छन् ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*