जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको अहिलेका पाँचवटा मुख्य कार्यभार पहिल्याएको छ । पार्टीकोे आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट मुख्य पाँच कार्यभार तय गरिएको हो ।
जसमा जसपाले वैचारिक राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारात्मक कामलाई अहिलेको मुख्यकार्यभारको रुपमा समेट्ने भएको छ ।
त्यस्तै पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतालाई पनि मुख्य कार्यभारको रुपमा मस्यौदा समितिको बैठकबाट पारित गरिएको छ ।
त्यस्तै सरकार, संसद र जनसङ्घर्षलाई पाँचवटा मुख्य कार्यभारमध्येको अर्को कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार हुन लागेको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ नेतृत्वको समितिले उक्त मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको छ ।
Leave a Reply