जसपाको केन्द्रीय सम्पर्क समिति पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ । ललितपुरको बालकुमारी आयोजित भेलाले रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा सरस्वती जयसवाल, धनेश्वर साह, कान्छा तामाङ्ग ब्लोन विकास मुख्यसचिव पूर्ण राई सचिवमा तारा वीर लिम्बु, अजाज मिहरानी, जया यादव र कोषाध्यक्षमा ई. विन्देश्वर राय यादव चयन भएका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत, केन्द्रीय सम्पर्क समितिका इन्चार्ज रेखा यादव, सह इन्चार्ज देवराज राईलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*