जसपाले बझाङ प्रदेश सभा सदस्यको उम्मेदवारमा रामबहादुर जाग्रीलाई उठाउने

जनता समाजवादी पार्टी (जसपा) नेपालले बझाङ जिल्लाको निर्वाचन क्षेत्र १ (१) मा पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्रीलाई उठाउने भएको छ ।

पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए । उनी केन्द्रीय सम्पर्क समितिका अध्यक्ष पनि हुन् ।

इलाममा भने जसपाले पहिचानपक्षधरको तर्फबाट उम्मेदवार बनेका भनिएका डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*