जसपाको गण्डकी प्रदेशस्तरिय किसान महासङ्घ र खस सङ्घ गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ । शुक्रबार पोखरामा आयोजित प्रदेशस्तरिय भेलाबाट यमप्रसाद आचार्यको अध्यक्षता १३ सदस्यीय समाजवादी किसान महासङ्घ गठन भएको छ । त्यस्तै सोही भेलाबाट हस्तबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय समाजवादी खस सङ्घ, नेपाल गण्डकी प्रदेश समिति गठन गरिएको हो ।

 

पार्टीका राजनीतिक समिति सदस्य एवं समाजवादी खस सङ्घका केन्द्रीय अध्यक्ष प्रेमनारायण थापा कार्यक्रमको प्रमुख अतिथि रहेका थिए । पार्टीका राजनीतिक समिति सदस्य निर्मल जिसी महेन्द्रले नव गठित समितिको नामावली घोषणा गरेका थिए ।

 

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य धनप्रसाद तामाङ, पार्टीका केन्द्रीय सदस्य पानबहादुर भुजेल, अर्जुन लम्साल, ज्ञानु आचार्य पार्टीका गण्डकी प्रदेश समिति अध्यक्ष गोपाल गुरुङ, बागमती प्रदेश समितिका मुख्य सचिव अर्जुन कुँवर, समाजवादी किसान महासङ्घका महासचिव ओमकृष्ण श्रेष्ठलगायतका नेताहरु उपस्थित रहेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*