जसपाको केन्द्रीय सङ्गठन विभागको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सङ्गठन विभागको बैठक बस्दै छ । सङ्गठित पार्टी सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल गर्न विभागको बैठक बस्न लागेको हो । बैठक आज १ बजे पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको बताइएको छ ।

जसपाले सङ्गठित पार्टी सदस्यता वितरण वा नवीकरणको लागि चैत्र १० सम्मको समयसीमा तोकिएको थियो । २०८० मङ्सिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी सङ्गठनमा आवद्ध रहेका पार्टी सदस्यलाई मात्र सङ्गठित पार्टी सदस्यता दिन सकिने व्यवस्था गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*